काठमाडौं–बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।२० असोजमा पक्राउ परेका सन्दीपलाई सुरुमा ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो ।
बिहीबार पुनः ७ दिन म्याद प्रहरीले मागेको थियो । सन्दीपका वकिलहरूले ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र दिनुपर्ने बताएका थिए । ‘बयान दिने क्रम आधा सकिसकेको अवस्थामा ७ दिन धेरै हुन्छ’ सन्दीपका वकिलहरुले भनेका थिए । अदालतले भने ५ दिन म्याद थपेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९ ११:१२