एजेन्सी– विश्वका धनी एलोन मस्क परफ्युम व्यवसायमा लागेका छन् । उनले बुधवार आफ्नो परफ्युम व्यवसाय सुरुवातको घोषणा गरेका थिए । उनले आफ्नो ट्विटर बायोलाई पनि ‘परफ्यूम सेल्सम्यान’ मा परिवर्तन गरेका छन् ।
मस्कले आफ्नो भर्खरै लन्च गरिएको परफ्यूम, ‘बर्न हेयर’ को प्रमोशन गर्दा आफ्ना अनुयायीहरूलाई परफ्युम किन्न आग्रह गर्दै भने, ‘कृपया मेरो परफ्यूम किन्नुहोस्, ताकि म ट्विटर किन्न सकूँ।’
उनको पर्फ्युम लन्च भएको केही घण्टामै अर्डरको ओइरो लागेको थियो । पर्फ्युमको मूल्य प्रति बोटल १०० डलर राखिएको छ भने, सन् २०२३ को पहिलो त्रैमासबाट मात्रै उपलब्ध हुने बुझिएको छ।