काठमाडौं– नेपाली बजारमा बिहिबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहेर प्रतितोला ९४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन पनि स्थिर रहेर प्रतितोला ९३ हजार ७ सय रूपैयाँ निर्धारण भएको छ ।
महासंघका अनुसार आज चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार १९० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९ १२:३३