काठमाडौं– नेकपा एमालेका नेता डा।भीम रावलले पार्टीले सुनियोजित रूपमा उम्मेदवार बन्न नदिएको आरोप लगाएका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै नेता रावलले यस्तो आरोप लगाएका हुन् ।
उनले भने, ‘मसँग नसोधी, पार्टीमा योगदान नगरेको व्यक्तिलाई टिकट दिने अध्यक्षको काम स्वेच्छाचारी, अन्यायपूर्ण छ । मलाई सुनियोजित रूपमा उम्मेदवार नबन्ने भन्ने प्रचार गरियो । एकल सिफारिस हुँदा पनि मलाई षड्यन्त्र तवरले रोक्ने काम भयो ।’
आफूलाई टिकट नदिएको कुरा जनता र कार्यकर्तालाई मन नपरेको नेता रावललको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९ १३:५०