काठमाडाैं – नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेकाे छ ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पाैडेलले आज बिहीवार विज्ञप्ति निकालेर असाेज ३१ गतेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेकाे हाे ।
उम्मेदवारी फिर्ता लिए पार्टीले गरेकाे कारबाही फुकुवा हुने उल्लेख छ । हिजाे बुधवारमात्रै कांग्रेसले उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासित गरेकाे थियाे ।
पार्टीबाट निष्कासित गरेकाे एक दिन नबित्दै कांग्रेसले आज उम्मेदवारी फिर्ता लिन आग्रह गरेकाे हाे ।
नेपाली कांग्रेसका पूर्वसांसद अमरेशकुमार सिंहदेखि केन्द्रीय सदस्य दिनेश कोइरालासम्मले बागी उम्मेदवारी दिएका छन् ।