काठमाडाैं - विदेशी मुद्रा सञ्चिति घटेसँगै लगाइएको आयात प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मोबाइल, गाडी, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउन सिफारिस गरेको हो।
देशको आर्थिक अवस्थामा खासै सुधार नभएको भन्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आयात प्रतिबन्धलाई निरन्तरता दिनुपर्ने पहिल्यैदेखि बताउँदै आएका छन्।
सरकारले गत बैशाख १३ गते १० वटा वस्तु आयातमा प्रतिबन्ध लगाएकोमा मदिरा, तीन सय डलर माथिका स्मार्टफोन, गाडी र एक सय ५० सिसी माथिका मोटरसाइकलबाहेक अन्य वटा वस्तुको प्रतिबन्ध भदौ १५ गतेबाट फुकुवा गरेको थियो ।
चार महिनाअघि लगाएको प्रतिबन्धको म्याद आज सकिने भएपछि मन्त्रालयले सो प्रतिबन्धलाई अझै २ महिना लम्ब्याउने निर्णय गरको हो ।
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९ १७:००