एजेन्सी - चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन बेइजिङमा आजबाट शुरू भएको छ ।
ऐतिहासिक मानिएको यो महाधिवेशनबाट राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि पार्टी प्रमुखका रुपमा पुनः चुनिनुहुने ठानिएको छ ।
राष्ट्रपति सी प्रमुखका रुपमा पुनः चुनिनु भएमा पार्टी र सरकार प्रमुखका दुई कार्यकालभन्दा बढी काम गर्न नपाउने दशकौँ पुरानो चिनियाँ व्यवस्थाको क्रमभङ्ग हुनेछ ।
साथै राष्ट्रपति सी चिनियाँ नेता माओ त्से तुङपछिका सबैभन्दा शक्तिशाली नेता हुने बताइएकाे छ ।
करिब २३ सय प्रतिनिधिहरू सहभागी महाधिवेशनबाट आगामी पाँच वर्षका लागि चिनियाँ कम्युनिस्ट पार्टी र सैन्य नेतृत्व तथा भावी कार्ययोजनाहरू पारित गरिनेछ ।
यसका साथै कोभिड-१९ संक्रमण रोक्न चीनले अपनाएको शून्य कोभिड रणनीतिका बारे पनि महाधिवेशनमा छलफल हुने अनुमान गरिएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९ ०९:१९