काठमाडौं– मोडल सङ्स नेपालले ‘मोडल सङ्स अवार्ड– २०२०’ गर्ने भएको छ । ग्लोरी मिडिया, पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनल एसोसिएट्ससँग संयुक्त रूपमा अवार्डको दोश्रो संस्करण भारतको नयाँ दिल्लीमा १२ अप्रिलमा हुन लागेको हो ।
अवार्डबारे जानकारी गराउने उद्देश्यल बुधबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गरिएको छ । कार्यक्रममा अवार्डमा संगीत, चलचित्र, फेशन, मोडल, ईभेन्ट अन्तर्गत विभिन्न विधामा पुरस्कृत गरिने आयोजक संस्थाका सिईओ डेविलसिंह राजपुतले जनाए । साथै, अवार्डमा मनोनयनका लागि २ माघदेखि आवेदन खुल्ला रहने उनले जानकारी दिए ।
आवेदन फाराम २९ फेबु्रअरीभित्र भरिसक्नुपर्ने र नोमिनेशन ७ मार्चमा सार्वजनिक गरिने आयोजक संस्थाले जनाएको छ । अन्तर्राष्ट्रियस्तरमा नेपाली कला, संस्कृतीको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने हेतुले भारतको राजधानी नयाँ दिल्लीमा अवार्ड कार्यक्रम आयोजना गर्न लागिएकाले यसको महत्व अझ बढने आशा आयोजक संस्थाले लिएको छ ।
मनोरञ्जन र सिर्जनशिलताको क्षेत्रमा सक्रिय व्यक्तित्वहरूले समाजमा पुर्याउँदै आएकाहरूको योगदानको कदर गर्दै प्रोत्साहन साथै हौसला प्रदान गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ । त्यसैगरि, पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनलका तर्फबाट राज लुइँटेल र टेकराज पाण्डेले बोल्दै इभेण्टलाई ब्यवस्थित बनाउन लागि पर्ने प्रतिबद्धता जनाए ।