काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको बताएकी छन् ।
सामाजिक सञ्जाल ट्वीटटरमा ट्वीट गर्दै उनले भनेकी छन्, ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ ।’सत्यमोहनको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि उनले उल्लेख गरेकी छन् ।
संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनको ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररको क्रममा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन निधन भएको थियो ।