काठमाडौं– नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत उनले डा.भट्टराईले नेपाली भाषा र संस्कृतिमा जोशीको योगदानलाई नेपाल र नेपालीले कहिल्यै नभुल्ने बताए ।
डा.भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘ऐतिहासिक व्यक्तित्व सत्यमोहन जोशी अब हामी बीच रहनुभएन । आफ्नो १०२ वर्ष लामो जीवनको अन्तिम क्षणसम्म बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक नेपालको यथार्थ गहन अध्ययन र अनुसन्धानका साथ सबै नेपालीलाई बुझाउने र सिकाउने वहाँको योगदानलाई नेपाल र नेपालीले कहिल्यै भुल्ने छैनन् ! हार्दिक श्रद्धासुमन !’ ।
जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९ १०:५१