काठमाडौं– बलिउड अभिनेत्री दीपिका पादुकोण जेएनयू विवादले गर्दा आर्थिक घाटा बेहोर्नुपरेको छ । जेएनयूमा उनको उपस्थिति र पछिल्लो रिलिज ‘छपाक’को बक्सअफिसमा कमजोर प्रदर्शनले दीपिकालाई असर गरिरहेको छ ।
भातीय मिडियाले जनाएअनुसार पछिल्लो समय दीपिकालाई अनुबन्धन गरेका ब्रान्डहरूले दीपिकाका कारण उत्पन्न विवादले आफूलाई असर नगरोस् भनेर विचार गरिरहेको छ । करिब ५ वर्ष अगाडि अभिनेता आमिर खानले असहिष्णुतामाथि बयान दिँदां ब्रान्डहरूले उनीसँगको अनुबन्धन तोडेका थिए ।
कम्पनीहरूको गैरविवादित कलाकार लिने नीतिका कारण दीपिकाको अवस्था पनि आमिरको जस्तै हुन लागेको हो । कम्पनीहरू कलाकारका प्रशसंकका साथमा उनीहरूको सामानको बिक्री पनि बढोस् भनेर कुने विवादमा फस्न चाहदैनन् । यस्तो दीपिकाको जेएनयूमा गएर कुनै खास विचारधाराको साथ दिएकाले उनलाई असर गरेको हो । सो विवादका कारण दीपिकाको सिनेमामा प्रतिबन्ध लगाउनुपर्ने माग पनि भारतमा उठेको छ ।
हाल दीपिका २० ब्रान्डसँग जोडिएकी छन् । यी ब्रान्डहरूबाट उनले सय करोड भारुभन्दा बढी कमाइ गर्दै आएकी छन् । करिब आधा दर्जन ब्रान्डले आफ्नो सम्झौतामा परिवर्तन गरिसकेको समेत बताइएको छ ।