काठमाडौं– शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिक शरीर किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ । उनको १०३ वर्षको उमेरमा उपचारको क्रममा आज (आइतबार) बिहान किष्ट मेडिकल कलेजमै निधन भएको थियो ।
अस्पतालमा केहीबेर राखेपछि ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि अपराह्न चार बजे पुनः अस्पतालमा पुर्याइने छ ।
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९ १२:०९