काठमाडौं– रुपन्देही, बुटवल उपमहानगरपालिका–११ मझुवा बस्ने ३५ वर्षीय डिल्लीराज अर्यालको सोही ठाउँस्थि तिनाउ खोला बगाउँदा शनिबार दिउँसो मृत्यु भएको छ ।
खोला तर्ने क्रममा खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शुद्वोधन गाउँपालिका–३ बेतानीस्थित तिनाउ खोलाको किनारमा उनको शव फेला परेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका–८ बुटुनिया बस्ने जिबन बस्नेतको छोरा ४ वर्षीय ललित बस्नेतको गहतेखोला र पातुखोलाको दोभानमा नुहाउँने क्रममा खोलाले बगाउँदा शनिबार दिउँसो मृत्यु भएको छ । सो दोभानमा आफ्नै आमासँग नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएका उनको सोही ठाउँस्थित बोटलपुरमा शव फेला परेको हो ।
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९ १२:२३