काठमाडौं–शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्ने बताएका हुन् ।
जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन ललितपुर महानगरपालिका परिसरमा पुगेका मन्त्री श्रेष्ठले आफूले एक दिन बिदा दिनेबारे प्रधानमन्त्रीसँग छलफल गरेको बताए ।
ललितपुर निवासी संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९ १६:०३