काठमाडौं– नेपाली बजारमा सोमबार सुन तोलामा २ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला ९३ हजार ३ सय रूपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९३ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९२ हजार ८ सय रूपैयाँ निर्धारण भएको छ । आइतबार तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार १६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार सोही मूल्यमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९ ११:२४