काठमाडौं - एभरेष्ट बैंकले आफ्नो २८औँ वार्षिकोत्सवका अवसरमा नयाँ सुविधा ल्याएको छ ।
बैंककाे २८औँ वार्षिकोत्सवका अवसरमा कार्तिक १ गते अनलाइनबाट बैंक खाता खोल्दा नयाँ ग्राहकले उनीहश्श्रकाे अकाउन्टमा २८० रुपैयाँ जम्मा हुने सुविधा ल्याएको हाे ।
अनलाइनबाट बैंक खाता खोल्ने नयाँ ग्राहकलाई एक वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा उपलब्ध गराइने एभरेष्ट बैंकले जनाएको छ ।
अप्लाई गरेकै समयमा खाता सुचारू भएपछि बैंकको तर्फबाट २८० रूपैयाँ खातामा डिपोजिट हुने जनाइएको छ ।
बैंकको साइटमा गएर आफूलाई उपयुक्त हुने मुद्दति वा बचत जुन खाता खाेलेपनि माथि उल्लेखित सुविधा पाउन सकिनेछ ।
याद गर्नुहोस् बैंक खाता खोलेपछि आफूलाई पायक पर्ने समयमा भौतिक रूपमा बैंकमा गई आईडी भेरिफाई गर्नुपर्ने हुन्छ ।
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९ १७:१४