काठमाडौं - त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयमा ताला लगाउने हाेडबाजी चलेकाे छ । नेपाल विद्यार्थी संघले फेरि त्रिवि उपकुलपतिकाे कार्यालयमा ताला लगाएका छन् ।
गत असार २७ गते ताला गएको बिहीबार मात्रै नेविसंघका एक समूहले खोलेको थिए । तर फेरि अहिले आएर अर्को समूहले ताला लगाएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बताएका छन् ।
उनले भने ‘नेविसंघले नै बिहीबार खोलेको ताला फेरि अर्को समूह आएर लगाएर गएका छन् ।’
ढोकामा टाँस गरिएको नेविसंघको लेटर हेड प्याडमा लेखिएको पत्रमा छलफल नगरि ताला खोलिएको आपत्ति जनाउँदै ताला लगाइएको उल्लेख छ । तर कसैको नाम अथवा हस्ताक्षर भने छैन ।
नेपालकाे गाैरव मानिने त्रिभुवन विश्वविद्यालय हाताभित्र संगठनकाे आधारमा विभिन्न माग गरिदैँ ताला लगाइदै आएकाे छ ।
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९ १८:२७