काठमाडाैं - बैंक अफ काठमाण्डू लिमिटेडको चाडवाडमा २५% सम्मको नगदफिर्ता गर्ने योजना सार्वजानिक गरेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५% सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको हाे ।
यस नगदफिर्ता योजना यहि २०७९ साल कार्तिक १ गते मंगलबारबाट २०७९ साल कार्तिक ६ गते आइतबारसम्म मात्र रहने छ । यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङमार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नुहुने ग्राहक महानुभावहरुले मात्र नगद फिर्ता पाउने जनाइएकाे छ ।
उक्त नगदफिर्ता योजना अन्र्तगत बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले नगदफिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५% वा रु. १५० सम्मको नगदफिर्ता पाउनुहुनेछ । बैंकले यस योजनाबाट समग्र विधुतिय कारोबारमा वृद्धि हुने विश्वास लिएको छ ।
यस बैंकले ग्राहकहरु तथा शेधरधनीहरुको उच्चतम् लाभलाई ध्यानमा राखी विभिन्न समयमा ल्याएको विभिन्न ग्राहक मैत्री योजनाहरु तथा बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई २०.९५% लाभाशं वितरण गर्ने प्रस्ताव ल्याएको जनाएकाे छ ।
बैंकले प्रास्तव गरेको उच्चतम् लाभाशंले ग्राहक महानुभावहरु तथा शेयरधनी महानुभावहरुको हितलाई बैंकले सधै आत्मसात गरी कार्यसम्पादन गरीरहेको अझै पुष्टि भएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९ १८:३८