सल्यान – सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकी रहेकी छिन् ।
अरिंगालको टोकाइबाट बिरामी भएका २१ बर्षीय नवीनको श्रीनगरस्थित परोकपकार अस्पतालमा उपचार जारी रहेको छ।
सोमबार बेलुका धान काटेर घर फर्कनेक्रममा उनीहरुलाई अरिंगालले टोकेको थियो । अरिंगालले टोकेपछि तीनै जनाको सल्यानकै श्रीनगरस्थित एक अस्पतालमा सामान्य उपचारपछि आमा–छोरीलाई बाँकेको कोहलपुर रिफर गरिएको थियो ।
बाँकेको कोहलपुर मेडिकल कलेजतर्फ लैजाने क्रममा छोरीको बाटोमै मृत्यु भएको थियो। त्यस्तै शोभालाई मेडिकल कलेज पुर्याइएको केही बेरमै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९ ११:०३