काठमाडाैं - महालक्ष्मी विकास बैंकले लकर सुविधामा छुट दिने योजना सार्वजनिक गरेकाे छ ।
महालक्ष्मी विकास बैंकले विशेष –महाबचत खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक गरेको हाे ।
यस योजना अन्तर्गत कार्तिक र मंसिर महिनामा महाबचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाको वार्षिक शुल्क प्रथम वर्षमा शत प्रतिशत छुट प्रप्त गर्न सक्नेछन् ।
दरबारमार्ग, पुतलिसडक, न्यूरोड (काठमाडौं), भैरहवा र न्यूरोड (कास्कीं) शाखा कार्यालयहरुमा लकरको सुविधा रहेको बैंकले जनाएको छ ।
हाल उपलब्ध लकर संख्या सीमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत खोलिने महाबचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै बचत खाताहरु मध्येकै सबैभन्दा उच्चतम (१० प्रतिशत) व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ लगायतका अन्य सुविधाहरु रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९ ११:५९