इलाम – गोरु काटेको आरोपमा दुई व्यक्तिलाई हिरासतमा लिइएको छ । जिल्लाको सूर्योदय नगरपालिका–९ को रम्फोकबाट ३८ वर्षीय निमा तामाङ र ३८ वर्षीय पेमा तामाङलाई गोरु काटेको आरोपमा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो ।
गाउँमा गोरु काटिरहेको खबर पाएपछि गोप्य सूचनाका आधारमा फिक्कल प्रहरीचौकीका प्रमुख बस्नेतको नेतृत्वमा खटिएको टोलीले घटनास्थलबाट उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरी घटनास्थल पुग्दा काटिएको मासु मात्र फेला परेको बताइएको छ । ती दुईले गोरु बिरामी भएकाले काट्नु परेको बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६ ११:०३