काठमाडाैं - सानिमा जनरल इन्स्योरेन्स लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले एकिकृत कारोबार सुरु गर्ने भएका छन् । कात्तिक ७ गतेदेखि सानिमा र जनरल इन्स्योरेन्सले एकिकृत कारोबार सुरु गर्ने भएका हुन्।
यी दुई निर्जीवन बीमा कम्पनीले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन्।
दुवै इन्स्योरेन्सले असोज ११ गते सम्पन्न विशेष साधारणसभा गरी एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो।
त्यसैगरी, बीमा समितिले मर्जरका लागि यी दुई इन्स्योरेन्सलाई असोज १४ गते र नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले असोज २७ गते स्वीकृती प्रदान गरेको थियो।
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९ ११:५२