एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इथियोपियामा हिंसा बन्द गर्न आग्रह गरेको छ ।उनले इथियोपियाको टिगरे क्षेत्रमा अहिले पनि हिंसा जारी रहेकाले हिंसा रोक्नुपर्ने र सो क्षेत्रमा इरिट्रयाका सेना रहेकाले ती सेना पनि फर्किनुपर्ने बताएको हो ।
यहाँ हिंसा र ध्वंसले उग्र रुप लिइसकेको र यहाँ धनजनको ठूलो क्षति पनि भइरहेकोले अब हत्या हिंसा रोकेर यहाँका नागरिकका बीचमा शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने महासचिव गुटरेसले बताएको हो ।
संयुक्त राष्ट्रसङ्घले शान्तिपूर्ण माध्यमबाट इथियोपियाको समस्याको समाधान खोजेको पनि महासचिव गुटरेसले बताइएको थियो । उनले टिगरेको निकास सैनिक बलबाट नभएको र यसको राजनीतिक समाधान खोज्नुपर्छ भन्नेमा संयुक्त राष्ट्रसंघ रहेको पनि बताए।
उनले इथियोपियाको हिंसा रोकेर त्यहाँको समस्याको शान्तिपूर्ण समाधानका लागि अफ्रिकी युनियनलाई आग्रह पनि गरे ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९ १२:३४