काठमाडाै - गृहमन्त्री बालकृष्ण खाणले सुकुम्बासीका घर भत्काउन नहुने बताएका छन्।
सत्ता गठबन्धनबाट रूपन्देही ३ मा उम्मेदवारी दिएका कांग्रेसका नेतासमेत रहेका खाणले बुटवल उपमहानगरपालिका १६ मा आज भएको कार्यक्रममा बोल्दै उपयुक्त विकल्प र व्यवस्थापन नगरी सुकुम्बासीका घर भत्काउन नहुने बताएका हुन्।
देशका केही नगरपालिकाहरूले सुकुम्बासी बस्तीका घर तथा टहरा हटाउन सुरू गरेका छन्।अहिले बसोबास गरिर हेको स्थानबाट अन्यत्र सार्नुपर्ने भएमा सुकुम्बासीलाई विकल्प दिइनुपर्ने उनले बताए।
त्यसतर्फ लक्षित गर्दै उनले विकल्प दिएर त्यस्ता घर तथा टहरा हटाउनुपर्ने बताएका छन् । उनले विकल्प नदिई सुकुम्बासीका घर तथा टहरा भत्काउन खोजिएमा प्रहरी र प्रशासनले सहयोग गर्न नसक्ने पनि बताएका थिए।
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९ १४:२७