नेपालगन्ज-
प्रशंसनिय दृष्टीकोण सम्बन्धि तिन दिने तालिम नेपालगन्जमा शुरु भएको छ ।
बास नेपालगन्जको र यूएनडिपीको सहकार्यमा शुरु भएको तालिममा सकारात्मक सोच तथा प्रशंसनिय दृष्टिकोणका अभियन्ता ब्ुद्धि तामाङ्गले प्रशिक्षण दिईरहेका छन् । नेपालगन्ज स्थित होटेल रोयलमा सञ्चालित तालिमको पहिलो दिन ब्यक्ति र समाज रुपान्तरणका लागिसोच र ब्यवहारको परिवर्तन, सकारात्मक सोचको परिभाषा, नेतृत्वका प्रकार, बोधी ज्ञान र अज्ञानता लगायतका बिषयमा सहजिकरण गरिएको थियो । पहिलो दिनको तालिम पश्चात जीवनको ज्ञान र अज्ञानताका बिषयमा जानकारी हाँसिल भएको सहभागीहरुले बताएका
छन् ।
सकारात्मक सोचले जीवनमा शान्ति, स्थिरता, समभाव, आशाबाद, आत्मबिश्वास, भातृत्व र प्रशन्नता थप्ने भएकाले सबैका लागि प्रशंसनिय दृष्टीकोण अपरिहार्य भएको प्रशिक्षक तामाङ्गले बताएका छन् । तालिमको उद्घाटन कार्यक्रमको संचालन बासका अध्यक्ष मन भण्डारीले गरेका थिए भने तालिममा स्वागतसँगै उद्धेश्यमाथि प्रकास बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । तालिममा ३३ जनाको सहभागीता रहेको तालिम पौष ३ गते सम्म चल्ने बासका सूचना अधिकारी हेमराज भट्टले बताए ।
प्रकाशित मिति: शनिबार, पुस २, २०७३ ०८:२२