काठमाडौं – नेपाली बजारमा बुधबार सुन तोलामा २ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार २ सय रूपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९२ हजार ७ सय रूपैयाँ निर्धारण भएको छ । मंगलबार तेजावी सुन प्रतितोला ९२ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार १७५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार १८० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९ १२:०१