काठमाडौं- अघिल्लोपटक थपिएको सात दिनको म्याद सकिएपछि प्क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालतले थप चार दिन म्याद थप गरेको छ ।
प्रहरीले आज (बुधबार) सन्दीपलाई अदालत उपस्थित गराएको थियो ।
प्रहरीले पुनः सात दिनको म्याद मागेको थियो । तर अदालतले थप चार दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।
गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई २० असोजमा प्रहरीले पक्रेको थियो ।