काठमाडौं– नेपाली बजारमा आज (बिहिबार) सुन तोलामा १ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार १ सय रूपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९३ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रूपैयाँ निर्धारण भएको छ । बुधबार तेजावी सुन प्रतितोला ९२ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार १७० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार १७५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९ ११:२४