काठमाडौं– कुमारी बैंक लिमिटेडले राष्ट्रियस्तरको ‘ख’ वर्गको देव विकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । बुधबार आयोजित एक कार्यक्रममा दुवै बैंकका प्रतिनिधिहरूको उपस्थितिमा मर्ज गर्ने सम्बन्धमा औपचारिक हस्ताक्षर सम्पन्न भएको हो । उक्त सम्झौतामा कुमारी बैंक लिमिटेड र देव विकास बैंक लिमिटेडका तर्फबाट बैंकका संचालक समितिका सदस्य एवं मर्जर समितिका संयोजकद्वय क्रमशः कृष्ण प्रसाद ज्ञवाली तथा ÞÞÞभरत बहादुर हमालले हस्ताक्षर गरेका थिए । समारोह दुवै बैंकका अध्यक्ष, संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका उच्च व्यवस्थापनका पधादिकारीमाझ सम्पन्न भएको थियो । यस पश्चात् बैंकको चुक्तापूँजी १२ अर्ब ५० करोड भन्दाबढी, निक्षेप १२० अर्ब तथा ऋण लगानी १०५ अर्बभन्दा अधिक हुने भएको छ । यसैगरी, बैंकको शाखा संजाल २०० भन्दा अधिक हुने भएको छ ।
सम्झौताअनुसार कुमारी बैंकको १०० रूपैयाँ प्रतिकित्ता बराबर देव विकास बैंकको ८६ रूपैयाँ हुने छ । कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रूपैयाँ छ भने देवको ३ अर्ब १७ करोड रूपैयाँ छ । कुमारी बैंकले यसअघि काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रे विहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई गाभेको थियो ।