काभ्रे – प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार शिवप्रसाद हुमागाईंले आफ्नो ‘घरदैलो’ अभियान आज भुम्लु गाउँपालिकाको दोलालघाट बजारबाट सुरु गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रका केही अगुवा नेता कार्यकर्तासहित दोलालघाट पुगेका उनले स्थानीयवासीसँग भेटघाटसँगै भएगरेका विकासका काम तथा अवको आवश्यकताकाबारे चासो दिइरहेका छन् ।
यस्तै यस क्षेत्रअन्तर्गतका दुई प्रदेशमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका प्रदेशसभा क्षेत्र ‘क’मा नेकपा ९एकीकृत समाजवादी० का लक्ष्मण लम्साल र प्रदेशसभा क्षेत्र ‘ख’मा कांग्रेसका कञ्चनचन्द्र वादेपनि घरदैलोमै व्यस्त छन् ।
यस्तै प्रतिनिधिसभा क्षेत्र नं १ मा गठबन्धनका उम्मेदवार सूर्यमान दोङ हालै मात्रै निर्वाचन क्षेत्र केन्द्रित रहेका छन् ।
यस क्षेत्रअन्तर्गतको प्रदेशसभा ‘क’ र ‘ख’ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका रत्न ढकाल र कांग्रेसका तीर्थ लामा छन् । उनीहरुसँग मुख्य प्रतिस्पर्धी एमालेका दिलीप लामा र चन्द्र लामा छन् ।
यहाँका गठबन्धन दल, प्रमुख प्रतिपक्षी तथा अन्य साना दल र स्वतन्त्र सबै उम्मेदवार घरदैलोमै व्यस्त भएको देखिन्छ । काभ्रेपलाञ्चोकमा छ पदका लागि ६४ ले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९ १४:०५