काठमाडौं-साताको अन्तिम कारोबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.३८ अंकले घट्दै १८४४.१४ अंकमा झरेको हो ।समान्य अंकले घटेको बजारमा कारोबार रकम समेत ५० करोड ७६ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ।
आज ट्रेडिङ डेभलपमेन्ट बैंक र इन्भेष्टमेन्ट समूहको उपसूचक धनात्मक भएका छन् भने १० वटा उपसूचक ऋणात्मक भएका छन् । बैंकिङ समूहको उपसूचक ०.०१ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक ०.२४ प्रतिशतले, हाइड्रोपावर ०.५३ प्रतिशतले, फाइनान्स ०.२१ प्रतिशतले घटेका छन् ।
आज सबैभन्दा बढी सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले ९.९७ प्रतिशतले कमाएका छन् भने सेन्चुरी डिभेन्चरका लगानीकर्ताहरूले ७.७३ प्रतिशतले गुमाएका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९ १५:५७