काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिरहा जिल्लाको भवानीपुर गाउँपालिकाको ठाडी टोल र नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालिकाका विपन्नलाई कम्बल वितरण गरेको छ । न्यानो कपडाको अभावमा कष्टकर जीवनयापन गरिरहेका गरिब, सिमान्तकृत तथा निःसहाय व्यक्तिहरूलाई सानो पाईला नामक गैर सहकारी संस्थासँगको सहकार्यमा बैंकले १५० थान कम्बल वितरण गरेको छ ।
केही दिनयता लगातार शीतलहर चल्दा गरिब विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा बैंकले कम्बलवितरण गरेपछि उनीहरूले राहतको महसुस गरेका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआङ्खना ८५ वटा शाखा, ८६ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरूबाट करिब बैंकिङ्ग सेवाहरू प्रदानगर्दै आएको छ ।