एजेन्सी - बेलायती प्रधानमन्त्री लिज ट्रसले पदभार ग्रहण गरेको छ हप्तापछि नाटकीय रूपमा राजीनामा दिने घोषणा गरेका छन् । कर कटौतीको उहाँको दक्षिणपन्थी प्लेटफर्म विघटित भएपछि र सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरू मध्ये धेरै सांसदहरूले विद्रोह गरेपछि ट्रसले राजिनामा घोषणा गरेका हुन् ।
डाउनिङ स्ट्रिटमा बोल्दै ट्रसले आफुले प्रधानमन्त्रीबाट राजिनामा दिएको तर टोरी नेताको रूपमा काम गर्न उत्तराधिकारी चयन नगरेसम्म आफू प्रधानमन्त्रीको रूपमा रहने बताएका थिए । प्रभावशाली सांसद ग्राहम ब्राडीले खेल समाप्त भएको बताएपछि उनले भने, “हामी सहमत भएका छौं कि अर्को हप्ताभित्र नेतृत्वको चुनाव सम्पन्न हुनेछ । यसले हामी हाम्रो वित्तीय योजना पूरा गर्ने बाटोमा रहन र हाम्रो देशको आर्थिक स्थिरता र राष्ट्रिय सुरक्षा कायम राख्न सुनिश्चित गर्दछ ।” उनले भने, “उत्तराधिकारी नछानिएसम्म म प्रधानमन्त्रीकै रुपमा रहनेछु ।”
लेबर पार्टीका नेता केइर स्टार्मरले विपक्षी दलले ट्रसको छोटो, संकटग्रस्त कार्यकालपछि ‘अब’ आम निर्वाचनको माग गरेका छन् । हाउस अफ कमन्समा बुधबार अबेर राति भएको एक महत्वपूर्ण मतदानमा एक प्रमुख मन्त्रीले राजीनामा दिएको र टोरीका धेरै सांसदले विद्रोह गरेपछि ट्रस प्रधानमन्त्रीका रूपमा राजिनामा घोषणा गर्न बाध्य भएका हुन्।
बिहीबार बिहानसम्म, एक दर्जनभन्दा बढी कन्जरभेटिभ सांसदहरूले सार्वजनिक रूपमा ट्रसलाई राजीनामा दिन आग्रह गरेका थिए । उनको कर कटौतीको योजनाले पहिले नै गम्भीर लागत र जीवनयापन सङ्कटको समयमा बजारमा मन्दी निम्त्याएको छ ।
धेरैले ब्राडीलाई हटाउनलाई माग गर्दै पत्रहरू बुझाएको रिपोर्ट गरिएको थियो । यद्यपि पार्टी नियमहरूले १२ महिनाको लागि अर्को नेतृत्व अभियानलाई निषेध गरेको थियो ।उनका अनुसार धानमन्त्रीले हिजोको दिन निकै कठिन रहेको स्वीकारेका छन् ।
''उनले जनताले सरकारलाई राजनीतिमा कम र आफ्ना प्राथमिकता पूरा गर्न बढी ध्यान केन्द्रित गरेको हेर्न चाहेको महसुस गर्नुभएको छ,” उनका सरकारी प्रवक्ताले पत्रकारहरूसँग बताए । प्रवक्ताको यो भनाइ आएको दुई घण्टा नबित्दै प्रधानमन्त्री ट्रसले राजिनामाको घोषणा गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९ १९:२४