काठमाडौं— एक पटक चार्ज गर्दा एक हजार किलोमिटर गुड्ने बिजुलीबस नेपाल भित्रने भएको छ । विद्युतीय सवारीसाधन निर्माता कम्पनी ‘ब्रिजसन’को नेपालको लागि आधिकारिक वितरक हिमालय मोटरोक्सले यो बिजुली बस नेपालमा भित्र्याउन लागेको हो । करिब २ महिनामा नेपालमा गाडीको बिक्री वितरण सुरु हुने कम्पनीका प्रबन्ध निर्देशक ध्रुव थापाले जानकारी दिए ।
उनका अनुसार ३६ सिट क्षमताको यो बस चार्ज गर्न फास्ट चार्जरले ४ घण्टा र सामान्य चार्जरले ८ घण्टा लाग्ने छ । यो बसले फुलचार्जमा १ हजार किलोमिटर गुड्ने विश्व रेकर्ड समेत कायम गरेको उनले जानकारी दिए ।
अष्ट्रेलियन टेक्नोलोजीद्वारा निर्मित छ यो सवारीलाई फुल चार्ज गर्न ४ देखि ८ घण्टासम्म लाग्दछ । कम्पनीले मुख्य गरी सार्वजनिक÷ निजी÷ पर्यटकीय ÷ स्कूल तथा लामो दुरीमा समेत प्रयोग गर्न मिल्ने र वातावरण मैत्री समेत रहेकोले ग्राहकहरूका लागि उपयुक्त हुने विश्वास गरिएको छ ।