काठमाडाैं - सिद्घार्थ बैंक लिमिटेडले तिहारमा क्यासब्याक योजना ल्याएको छ ।
सिद्घार्थ बैंक लिमिटेडले तिहारको शुभ अवसर पारी ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ रु.४०० क्यासब्याक योजना ल्याएको हाे ।
यस योजना अन्तर्गत ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक रु. ५०० वा सो भन्दा बढि रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा रु. ४०० क्यासब्याक पाउन सक्नेछन् ।
यस योजनाले नगद भुक्तानी बाट डिजिटल भुक्तानीमार्फत आकर्षित गर्ने विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिंदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना भएकाे जनाएका छ ।
(विस्तृत जानकारी तथा शर्तहरू बैंकको वेबसाइट https://www.siddharthabank.com/others/tihar-offer मा प्राप्त गर्न सक्नुहुनेछ ।)
प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९ १४:५४