काठमाडाैं - सुनचाँदीको मूल्य लगातार तेश्रो दिन पनि ओरालो लागेको छ । बजारमा सुन तोलामा ६०० रुपैयाँले सस्तिएको छ भने चाँदीको भाउ भने शुक्रबार स्थिर रहेको छ ।
आज छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुन तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यो साता सुनको भाउमा गिरावट भएको छ । एक सातामा सुन प्रतितोला एक हजार ६०० रुपैयाँले सस्तिएको छ । अघिल्लो शुक्रबार सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा सुन कारोबार भएको थियो ।
शुक्रबार चाँदीको भाउ स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार १७० रुपैयाँ कायम रहेको छ । अघिल्लो कारोबार दिन, चाँदीको भाउ तोला पाँच रुपैयाँले घटेको थियो । चाँदीको मूल्य यो साता प्रतितोला १५ रुपैयाँले घटेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९ १५:१०