काठमाडाैं - बैंक अफ काठमाण्डू क्यापिटल मार्केट लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा बसेको सातौँ वार्षिक साधारणसभाले आ .व .२०७८/७९ को वित्तिय विवरणहरु पारित गरी सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको बैंकले जनाएकाे हाे ।
आ .व .२०७८/७९ मा सचिंत मुनाफाबाट ५.७९ प्रतिशत लाभांश (कर समेत) वितरण गर्ने निर्णय अनुमोदन गर्नुका सथै आगामी आ.ब. २०७९/८० को बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय गरेकाे कम्पनिले जनाएकाे छ ।
बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बि.ओ.के. क्यापिटल मार्केट लि., कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई विगत सात वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
यस कम्पनीका अनुसार समिक्षा अवधिमा ६ वटा कम्पनीहरुको प्राथमिक शेयर तथा हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ, भने जम्मा ११ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गरिरहेको छ ।
यस कम्पनीले हालसम्म जम्मा ८५,६८९ हितग्राही खाता खोलिसकेको छ । लगानी व्यवस्थापन सेवा अन्र्तगत ९८ जना को १७ करोड बराबरको लगानी व्यवस्थापन गरिएको छ ।
मूल्य अभिवृद्धि र बढ्दो व्याजदरले शेयर बजारमा समेत ४० प्रतिशत भन्दा बढी गिरावट आएकोे यस्तो कठिन अवस्थामा पनि यस कम्पनीले सुझबुझका साथ कार्यसम्पादन गरी आज मिति २०७/०७/०४ गते सातौ वार्षिक साधारणसभा बाट प्रस्तावित ५.७९ प्रतिशत नगद लाभांश पारित गर्न सफल भएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९ १७:१९