जुम्ला–नाग्म-गमगढी राजमार्ग सञ्चालनमा आएको छ । पहिरोका कारण गत १९ असोजदेखि अवरूद्ध बनेको नाग्म(गमगढी सडक खण्ड शनिबारदेखि सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय जुम्लाले नाग्म(गमगडि राजमार्ग खुलेको जनाएको छ । कार्यालयका प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटरको उक्त राजमार्ग १५ दिनको प्रयासपछि खुलेको हो ।
नाग्म(गमगढी राजमार्गको हिमा गाउँपालिकामा सबैभन्दा बढी पहिरो गएको थियो । ईन्जिनियर गणेश भक्रीले हिमा गाउँपालिकाको बाजागाडादेखि भूगोलपाटसम्म मात्रै करिब आठ किलोमिटर लामो पहिरो गएको बताए ।
सो पहिरो पनि पन्छ्याएपछि सडक खुलेको हो । उनले नाग्म(गमगढी राजमार्गको ९३ किलोमिटरमा १५० ठाउँको पहिरो पन्छ्याएको बताए । हिमा गाउँपालिकाको बुअपाखा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्य लिहीमा र कनकासुन्दरीको जिअभिड, मुगुको झ्यारी, ताल्चामा खसेको पहिरो पनि पन्छ्याइएको छ ।
पहिरो पन्छ्याएपछि मोटरसाईकलहरू सहजै ओहोरदोहोर गर्न थालेका छन् भने साँघुरो स्थानमा थप मर्मत गरे गाडी चलाउने तयारी भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९ १५:४६