काठमाडाैं - राजनीतिज्ञ एवम् पूर्व सांसद मैयाँदेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ। उनको उपचारका क्रममा आज बिहान चितवन मेडिकल कलेजमा निधन भएको हो।
नेपाली कांग्रेसकी नेतृ श्रेष्ठ पछिल्लो समय निमोनियाबाट अस्वस्थ थिइन् । उनलाई गएको असोज २५ गते भर्ना गरी पाँच दिनपछि घर लगिएको थियो । तर पुनः स्वास्थ्य अवस्था जटिल भएपछि भर्ना गरिएको थियो । उनी अविवाहित हुन् ।
आज बिहान उपचारका क्रममा उनकाे निधन भएको धर्मपुत्र टङ्कनाथ पौडेलले जानकारी दिए । मैयाँदेवी विक्रम सम्वत् १९८५ असोज ५ गते तनहुँको बन्दीपुरमा जन्मिएकी थिइन् ।
उनको पार्थिव शरीरलाई बिहान साढे ९ बजेपछि एक घण्टा पार्टी कार्यालय कमलनगरमा राखेर दिउँसो देवघाट लगिने कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए।
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९ ०९:१९