काठमाडाैं - काठमाडाैंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ बाट नक्कली नोटसहित पाँच जना पक्राउ परेका छन् ।
गोकर्णेश्वरको जोरपाटी ओरालोबाट एक हजार दरको ११ थान नक्कली नोटसहित गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँ बस्ने ३१ वर्षकी दुर्गा महर्जन लगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको हाे ।
नक्कली नोटको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूका साथबाट उक्त नक्कली नोट बरामद गरी पक्राउ गरेको हो ।
उनीहरुका साथबाट एक हजार दरको ३६ थान र पाँच सय दरको ९७ थान गरी ८४ हजार ५ सय समेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोल भण्डारी मार्गमा रहेको सुनिता तामाङको घरबाट हिजो नगद तीन लाख ३० हजार, ल्यापटप एक थान र मोबाइल एक थानसमेत गरी झण्डै चार लाख ४७ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । ।
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९ ०९:२२