काठमाडौं - चिनियाँ प्रविधि कम्पनी कोर्नले नेपाली बजारमा दुई नयाँ स्मार्टवाच तथा इयरबड्स भित्र्याएको छ ।
कोर्नको लागि नेपाली आधिकारिक बिक्रेता केमियो इन्टरनेशन प्रालिले एकै साथै दुई मोडलका स्मार्टवाच तथा एउटा नयाँ मोडलको इयरबड्स सार्वजनिक गरेको हो ।
नेपाली बजारमा कोर्नका एक्सेसरीज विगत दुई वर्ष देखी उपलब्ध हुँदै आएको छ । यस्तोमा नेपाली ग्राहकलाई लक्षित गर्दै कम्पनीले थप नयाँ उत्पादन भित्र्याएको हो ।
कम्पनीले कोर्न डब्लुबी०४ र कोर्न डब्लुबी०३ गरी दुई मोडलमा स्मार्टवाच भित्र्याएको छ ।१.३ इन्च को टिएफटी मल्टिटच स्क्रिन युक्त कोर्नका यि दुवै स्मार्टवाच आईपी ६८ वाटरप्रुफ सर्टिफाईड रहेका छन् भने कोर्नले तीस दिन सम्मको उत्कृष्ट ब्याट्री ब्याकअप दिने बताएको छ।
हालै सार्वजनिक गरिएका यी दुवै स्मार्टवाचमा कम्पनीले एक वर्षको वारेन्टी प्रदान गर्ने जनाइएको छ । यी प्रोडक्टमा काठमाडौं उपत्यका भित्रका ग्राहकलाई तिन दिनको सर्भिस ग्यारेन्टी गरिएको छ ।
सर्भिस सेन्टरमा रिसिभ गरेको तिन दिनमा स्मार्टवाचमा देखिएको समस्या समाधान नभएको खण्डमा रिप्लेसमेन्ट दिन नीति लिएको कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार यी दुवै स्मार्टवाचको बिक्री मूल्य ६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
कोर्नले यि दुवै मोडल अनलाइन र रिटेल नेटवर्क दुवैमा उपलब्ध गराएको छ ।यसका साथै कम्पनीले इन्ट्री लेभलको इयरबड्स समेत बजारमा ल्याएको हो । दुई हजार ९९९ रुपैयाँ तोकिएको यो इयरबड्स सेग्मेन्टकै उत्कृष्ट उत्पादन भएको दावी कम्पनीको छ ।
कोर्न ईबी०३०एफ मोडलको यो इयरबड्समा ६ महिनाको वारेन्टी उपलब्ध हुने जनाइएको छ । चार घण्टाको प्लेब्याक ब्याकअप ब्याट्री रहेको यो इअरबड्ले सस्तो मूल्यका उत्पादन खोजी गर्ने नेपाली उपभोक्ताको आवश्यकता परिपूर्ति गर्ने विश्वास कम्पनीको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९ ११:५३