भक्तपुर– भक्तपुरको कमलविनायकबाट लागूऔषध बिक्री वितरण तथा ओसारपसारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-१ घर भइ हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने बर्ष ३३ का रविन तामाङ र सोही स्थानमा घर भइ हाल कमलविनायक बस्ने वर्ष ३४ की सुस्मिता खड्का रहेकी छिन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको डेराकोठामा खान्तलासी गरि हेर्दा लागूऔषधसहित चोरी गरि राखिएका मोटरसाइकलको हेल्मेटसमेत फेला पारेको जनाएको छ ।
लागू औषधसम्बन्धी कसुरमा उनीहरूलाई जिल्ला अदालत भक्तपुरमा पेस गरिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९ १२:१३