मनिला - फिलिपिन्सको राजधानी मनिला र आसपासका क्षेत्रमा आइतबार बाढी आएकाे छ । साे आएको बाढीले जनजीवन प्रभावित भएकाे छ भने आँधीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४८ पुगेको राष्ट्रिय विपद् निकायले जनाएको हाे ।
बाढिमा फसेकाहरूको उद्धार प्रयासलाई तीव्र गतिमा अघि बढाइएको छ । दैवी विपत्तिमा परेर अधिकांशको मृत्यु दक्षिणी टापु मिन्डानाओका गाउँमा भएको हो । मनिलाको मुख्य टापु लुजोनमा रातभरको आँधीका कारण विद्युत् आपूर्ति बन्द हुनुका साथै मनिला र वरपरका केही बस्ती पानीमा डुबेका थिए ।
मनिलाको पारानाक उपनगरमा उद्धारकर्ताहरूले शनिबार रातभर पौडी खेलेर एक भवनको माथिल्लो तलामा थुनिएका बालबालिकासहित ६० जनालाई सुरक्षितस्थलमा पुर्याएका थिए ।
गाउँका प्रमुख नोएल जाप्लोसले एक पार्टीमा सहभागी हुने क्रममा भेला भएका उनीहरू बाढीको पानी बढेपछि आत्तिएर चिच्याइरहेका थिए र रोइरहेका पाएपछि उनीहरूको उद्धार गरिएको बताए ।
उद्धार टोलीले खिचेको भिडियोमा ‘लाइफ भेस्ट’ लगाएका आपतकालीन उद्धारकर्मीले डोरीको सहायताले उनीहरूलाई भवनबाट बाहिर निकालेको र बालबालिकालाई तैरिरहेको अवस्थामा राखिएको देखिएको छ ।
गत मङ्लगलबार ‘अल सेन्ट्स डे’ को छुट्टीको लागि गएका दशाँै हजार फिलिपिनीहरू डुबानका कारण फसेका थिए । नागरिक सुरक्षा कार्यालयका अनुसार उक्त क्षेत्रमा २२ जना हराइरहेका छन् भने ४० जना घाइते भएका छन् । बाढीले पुल, सडक र बाली नष्ट भएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९ १८:४७