पाइलै पिछे भ्रष्टाचारी दुराचारी बढेका छ्न ।
इमान्दार भोक भोकै हाम्रै अघि मरेका छन।
दुर्गतिका काला बादल हटाउन नसकेर ।
आफ्नै भाइ बन्धुहरु आपसमा लडेका छन ।
मेरो देश मेरो माटो घाम पानी सबै मेरो ।
मरिमेट्ने देशभक्त बिरक्तिले गलेका छन ।
नियतिमा दाग बोकि हिडेको छ गरिबले ।
धन हुनेले धनकै निम्ति मरिहत्ते गरेका छन ।
प्रकाशित मिति: आइतबार, पुस ३, २०७३ ०५:३४