दोहा– नेपाली टिकटक समाज कतारको आयोजनामा गत शुक्रबार भब्य अनि सभ्य रुपमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
दोहाको नज्मा स्थित सालिमार होटेल सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाकि अध्यक्ष लक्ष्मी दर्नालको सभापतित्वमा तथा गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको प्रमुख आतिथ्य एव विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि कलाकार , पत्रकारको उपस्थितिमा सप्पन्न भएको हो।
कार्यक्रममा स्थानीय कलाकारहरुका सार्थै काठमाडौँ ब्यान्ड , क्यु एन डान्स लगायतका विभिन्न स्थानीय कलाकारहरुले आ– आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा नेपालीहरूको महान पर्वहरू तिहार नेपाल सम्बत छठ पर्व र बलिहाङ्ग तमाङ पर्वको अवसरमा अनाथ बालबालिकाहरूको सहयोगार्थ आयोजित शुभकामना आदानप्रदान कार्यक्रम समेत भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मुसलमानले टिकटक समाज अन्य समाज सरह आफ्नो पहिचान बनाउँदै गएको बताउँदै हामीहरु कुन देशमा बसोबास गर्दै आएका छौं सोही देशको कानुनलाई सम्मान गर्दै टिकटक बनाउन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करीम बक्स मियाले नेपाली समाजमा लेखक समाज हुन्छ र भन्ने बहसको विषय भन्यो त्यसमा धेरै वादविवाद पनि आए । टिकटटकरहरुले कोरोनाको समयमा नेपालमा अक्सिजन पठाउनु सँगै समाजमा बसेर विभिन्न सामाजिक काम गर्नतर्फ यस संस्थाले पहिला समूह नबन्दै पनि एकअर्कामा मिलेर सामाजिक काम गर्दै आएको नेपालको लागि कतारको समुदायसँग मिलेर ठूलो धनराशि सहयोग गरेको बताए ।
जब एउटा टिकटकको नामबाट समाज गठन नहुँदा सहर्ष समाजले स्वीकार छ भने त्यो समाजलाई समूहको रुपमा स्विकार्न हामीले कन्जुशाई गर्नुहुँदैन दिल खोलेर उसलाई स्वीकार्नुपर्छ उनले बताए ।
प्रवासी नेपाली मन्च कतारका उपाध्यक्ष अफसर अली खान, बुद्धिजीवी एवं समाजसेवी मनिस यादब,बुद्धिजीवी एवं समाजसेवी रमजान अली नेपाली जन–सम्पर्क समिति कतारका अध्यक्ष अजिज अली लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए
नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा शहिदहरु प्रति श्रद्धाञ्जली स्वरुप दिप प्रजलन गरि एक मिनेट मौन धारण गरि कार्यक्रमलाई अघि बढाएको थियो।संस्था प्रथम उपाध्यक्ष धर्मेन्द्र खवासले २०२० बाट सामाजिक काम गर्दै आएको यस संस्थाले आगामि दिनमा पनि सामाजिक काम गर्दै र यो संस्था कुनै पनि राजनीति संस्था नभएको बताउदै सधैं सामाजिक काममा आफुहरु अग्रसर हुने बताए। संस्थाकि अध्यक्ष दर्नालले यस कार्यक्रम पश्चात उठेको केही रकम अनाथ बालबालिकाहरूको सहयोगको लागि नेपाल पठाइने जानकारी दिइन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९ १५:४६