
काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनित पछिल्लो फिल्म ‘तानाजी – द अनसङ वारियर’ले बलिउड बक्स अफिसमा सय करोड भारु कमाइ गरेको छ । यो फिल्म रिलिजको छैठौँ दिनमा सय करोड आँकडाको व्यापार पार गरेको हो ।
यो फिल्ममा अजयका अलावा काजोल र सैफअलि खानको प्रमुख भूमिका रहेको छन् । फिल्ममा लामो समयपछि अजय र काजोल सँगै देखिएका हुन् । भारतीय मिडियाका अनुसार रिलिजको साता दिन पुग्नुअगावै सय करोड पार गर्ने ‘तानाजी’ यस वर्षको पहिलो बलिउड फिल्म बनेको छ । सन् २०२० लागेपछि कुनै बलिउड फिल्मले सय करोडको व्यापार गरेको छ्रैन ।
फिल्म अजयले तानाजी मलुसरेको भूमिकामा गरेका छन् । यस फिल्मलाई ओम राउतले निर्देशन गरेका हुन् । यो फिल्म १५० करोड भारुको लागतमा तयार भएको बताइएको छ ।