काठमाडौं– नेपाली बजारमा मंगलबार सुन तोलामा १ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला ९३ हजार १ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन स्थिर रहेर प्रतितोला ९३ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रूपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार २१५ रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी स्थिर रहेर प्रतितोला १ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९ ११:३०