काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका उनको पेसी मंगलबार घिमिरेको इजलासमा परेको हो ।
उक्त इजलासले सन्दीपको बयान लिइरहेको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए । आजै थुनछेक बहस पनि हुने उनले बताए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९ १२:१९