काठमाडौं– गत असोजमा चार दिनदेखि उच्च रक्तस्रावले छटपटाइरहेकी सर्केगाड गाउँपालिका–७ की २४ वर्षीया पवित्रा शाही छत्यालको मृत्यु भएको छ। स्वास्थ्य संस्थामा औषधि उपचार हुन नसकेपछि उनको गाउँमै मृत्यु भएको हो ।
सरकारले कर्णालीका दुर्गम क्षेत्रका लागि एयरलिफ्टिङ हवाई एम्बुलेन्स दिने व्यवस्था गरे पनि उनले सो सुविधा प्राप्त गर्न नपाएर उनको मृत्यु भएको हो।
स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्ने भएपछि सुत्केरी हुन नसकेर शाहीको मृत्यु भएको आफन्त बलबहादुर शाहीले गुनासो गरे। गाउँबाट स्वास्थ्य संस्थासम्म पु¥याउन नसक्दा मृत्यु भएको उनको भनाइ छ । हुम्लामा यातायातको समस्या सार्थै हवाई यातायातको विकल्प नहुर्दा जहाजको टिकट पाउन मुस्किल हुने गर्छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९ १५:५०