एजेन्सी-अफगानिस्तानको दक्षिण भागमा पर्ने जाबुल प्रान्तमा सोमबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा ३० व्यक्ति घाइते भएका छन् । एक कार र ट्रक एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको जनाइएको छ । काबुल र कान्दाहार राजमार्गमा एक विवाह समारोहमा गईरहेको एक ट्रक माज्दा कारसँग ठोक्किँएको खामा प्रेसले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरुमा महिला र बालबालिका रहेका र उनीहरुलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।
दुर्घटनाको कारण हाल पुष्टि भएको छैन् । तर चालकको लापरवाह र तीव्र गतिमा सवारी साधान चलाउने नै अफगानिस्तानमा प्रायः दुर्घटनाहरुको कारण बनेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९ १६:३८